Kathmandu Press

दुई पूर्वफुटबलरमा देखियो कोरोनाको संक्रमण 

काठमाडौं, चैत २९ : दुई पूर्वफुटबलर सर केनी डगलिस र नोर्मन हन्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। लिभरपुलका लिजेन्ट डगलिस र लिड्स युनाइटेडका ल....

दुई पूर्वफुटबलरमा देखियो कोरोनाको संक्रमण 

काठमाडौं, चैत २९ : दुई पूर्वफुटबलर सर केनी डगलिस र नोर्मन हन्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। लिभरपुलका लिजेन्ट डगलिस र लिड्स युनाइटेडका लिजेन्ट हन्टर दुवैको अस्पतालमा उपचार भइरहेको छ।

स्कटल्यान्डका पूर्वराष्ट्रिय खेलाडी डगलिस अन्य रोगकै उपचारका लागि बुधबार अस्पताल पुगेका बताइएको छ। उनमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, कोरोनाको परीक्षण भने पोजेटिभ आएको बीबीसीले उल्लेख गरेको छ। 

स्कटल्यान्डकै सेल्टिकबाट चार पटक लिग च्याम्पियन बनेका डगलिसले लिभरपुलबाट खेलाडी र प्रशिक्षकका रुपमा ८ च्याम्पियन्स लिग र तीन युरोपियन कप जितेका छन्। उनले ब्ल्याकबर्न रोभर्सबाट प्रशिक्षकका रुपमा प्रियिमर लिग पनि जितेका छन्।

यस्तै, विश्वकप विजेता इंग्लिस टिमको सदस्य रहेका ७६ वर्षीय हन्टरमा कोरोना भाइरसको संक्रमण देखिएको लिड्स युनाइटेडले जनाएको छ। १५ वर्ष लिड्स युनाइटेडबाट खेलेका उनले दुई लिग उपाधि जितेका छन्। 
 

प्रकाशित मिति: १६:४० बजे, शनिबार, चैत २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्