Kathmandu Press

राजपुतलाई मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी 

काठमाडौं, चैत २८ : नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मुख्य प्रशिक्षणकबिहीन छ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  अमेरिका र ओमानसँगको पहि....

राजपुतलाई मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी 

काठमाडौं, चैत २८ : नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मुख्य प्रशिक्षणकबिहीन छ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत  अमेरिका र ओमानसँगको पहिलो त्रिकोणात्मक सिरिजलगत्तै उपेश पटवालले पदबाट राजीनामा  दिएपछि नेपाली क्रिकेट टिम मुख्य पशिक्षकबिहीन छ।

त्यसयता नेपाली टिम जगट टमटाले हेर्दै आएका छन्। एसिया कप छनोटका रुपमा रहेको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा टमटाले नै नेपाली टिमको कमान्ड सम्हालेका थिए। उनलाई नेपाल क्रिकेट संघ (क्यान) कार्यवाहक मात्र दिएको छ। 

इस्टर्न रिजन प्रतियोतिगामा खराब प्रदर्शन गरेपछि नेपाली टिमलाई स्तरीय प्रशिक्षक आवश्यक रहेको आवाज उठेको थियो। त्यसैले क्यानले जिम्बाबे, अफगानिस्तान र भारतीय ए टिमको प्रशिक्षण सम्हालिसकेका भारतीय प्रशिक्षक लालचन्द राजपुतलाई प्रशिक्षक बनाउने तयारी थालेको छ। 

Hardik ivf

कोरोना भाइरसको महामारीका कारण प्रशिक्षक नियुक्तिमा ढिलाइ भएको क्यानले जनाएको छ। कोरोनाको महामारी साम्य हुने वित्तिकै नेपाली टिमले प्रशिक्षक पाउने क्यानले जनाएको छ। सोही अनुसार राजपुतसँग कुराकानी भइरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। 

अध्यक्ष चन्दका अनुसार राजपुतसँगै अन्य ८÷१० जनाले प्रशिक्षक बन्न इच्छा देखाएका छन्। ‘प्रस्तावहरु थुप्रै आएका छन्, उनीहरूसँग कुरा पनि भइरहेको छ। सेवा सुविधा र पारिश्रमिका विषयमा छलफल चलिरहेको छ,’ अध्यक्ष चन्दले भने, ‘प्रशिक्षकका लागि आईसिसीले थोरैमात्र रकम दिने गर्छ, त्यसैले पनि प्रशिक्षक चयनमा केही ढिलाइ भएको छ। छिट्टै नेपाली टिम सुहाउँदो प्रशिक्षक नियुक्त गर्छौं।’

को हुन् राजपुत ?

जिम्बाबे, अफगानिस्तानको प्रशिक्षणक बनिसकेका ५८ वर्षे राजपूत भारतका पूर्वराष्ट्रिय खेलाडी हुन्। एक समय उनलाई भारतकै उत्कृष्ट ओपनरका रुपमा हेरिन्थ्यो। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि उनले राष्ट्रिय टिममा भने सोही लय काम राख्न सकेनन्। सोही कारण उनले भारतीय टिममा त्यतिधेरै अवसर पाएनन्।

भारतको यू–१९ टिम, ए टिमको प्रशिक्षण सम्हालिसकेका राजपुत सन् २००७ मा भारतले पहिलो टि–२० विश्वकप उपाधि जित्दा टिमको व्यवस्थापकका रुपमा थिए। इंग्ल्याण्डमा भएको विश्वकप क्रिकेट लगत्तै भारतीय टिमको प्रशिक्षक परिवर्तनका चर्चा चल्दा राजपुत पनि प्रत्यासी थिए।

तर, बीसीसीआईले रवि रास्त्रीलाई नै निरन्तरता दिएको थियो। 

सन् २००८ को आईपिएलमा राजपुलतले मुम्बई इन्डियन्सको टिम पनि सम्हालेका थिए। उनी सन् २०१६ मा एसोसिएट राष्ट्र अफगानिस्तानको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा अफगानिस्तानले आईसिसीको पूर्ण सदस्यता पाएको थियो। 

यस्तै, सन् २०१८ को मार्चमा उनी जिम्बाबेको अन्तरिम प्रशिक्षणमा नियुक्त भए भने अगष्टमा पूर्ण प्रशिक्षणक बने। तर, त्यहाँ लामो समय रहन सकेनन्।
 

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्