Kathmandu Press

बार्सिलोनाका ६ बोर्ड सदस्यले दिए राजीनामा

काठमाडौं, चैत २८ : स्पेनिस जाइन्ट बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन्। उपाध्पाक्ष इमिली रुसान्दसहितका ६ जना बोर्ड सदस्यहरूले बार्सिलोन....

बार्सिलोनाका ६ बोर्ड सदस्यले दिए राजीनामा

काठमाडौं, चैत २८ : स्पेनिस जाइन्ट बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन्। उपाध्पाक्ष इमिली रुसान्दसहितका ६ जना बोर्ड सदस्यहरूले बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई आजै आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। 

राजीनामा दिनेमा रुसान्दसहित अर्का उपाध्यक्ष एनरिक टोम्बास, निर्देशकहरु सिल्भियो इलियास, मारिया टेक्डिोर, जोसेफ पोन्ट र जोर्डी क्लासमिग्लिया छन्। उनीहरुले अध्यक्ष बार्टोमेउलाई सामूहिक चिठी लेख्दै राजीनामा दिएका हुन्। 

राजीनामा दिँदै उनीहरूले अहिलेको परिस्थितिको तत्काल समीक्षा गर्न र कोरोनाभाइरसले ल्याएको संकटबाट क्लबलाई बचाउन तत्काल कदम चाल्न भनेका छन्। उनले बार्टोमेउलाई पत्र लेख्दै भनेका छन्, ‘महारमारीको रुपमा रहेको कोरोनाभाइरसपछि आउने महत्वपूर्ण चुनौती सामना गर्न क्लबको व्यस्थापनको ढाँचालाई परिवर्तन गर्न नसकेकाले हामीहरु यो निर्णयमा पुगेका हौं।’

उनीहरूले आगामी दिनमा आउने चुनौतीको सामान गर्न चुनाव गर्न पनि माग गरेका छन्। चुनावबाट निर्वाचित प्रतिनिधिहरुले मात्र क्लबलाई अगाडि लैजान सक्ने उनीहरुले बताएका छन्। साथै उनीहरू आफ्नो प्रिय क्लबमा काम गर्ने मौका दिएको क्लबका निर्देशकहरु, सहयोग गर्ने खेलाडी, कर्मचारीहरुलाई धन्यवाद पनि दिएका छन्।

अध्यक्ष बार्टोमेउ ओफ्नो व्यवस्थापकीय टिमसँग मिलेर नयाँ योजनाहरू बनाइरहेका थिए। त्यो योजनामा आफ्नो भूमिका रहने देखेपछि उनीहरुले राजीनामा दिएको बताइएको छ। महत्वपूर्ण बोर्ड सदस्यले राजीनामा दिएपछि अध्यक्ष बार्टोमेउले सन् २०१५ यता सबैभन्दा अप्ठ्यारो अवस्थाको सामना गरिरहेका छन्।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, चैत २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्