Kathmandu Press

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्।
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा, साउन ३१ : जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्।

गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ। राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ संकलन गरेको छ। 

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ। 

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्