Kathmandu Press

सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीन जना घाइते

सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीन जना घाइते

सोलुखुम्बु, साउन २७ : सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।

सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी २०६६ सालदेखि त्यहाँ कार्यरत प्राविधिक राईका रुपमा कार्यरत थिए। 

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ भने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ। 

६३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासी विद्युत् प्रवाह हुँदा एकैसाथ चार जनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए। 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, साउन २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्