Kathmandu Press

ताइवानको कोरोना भाइरस प्रतिकार्य विश्वकै उत्कृष्ट

नोभेल कोरोना भाइरस विश्वभरि फैलिने क्रम रोकिएको थिएन। जनवरी २५ मा ताइवान र अष्ट्रेलियामा चार वटा नयाँ संक्रमण भेटियो।

दुवै देशको जनसंख्या उस्तै झण्डै दुई करो....

ताइवानको कोरोना भाइरस प्रतिकार्य विश्वकै उत्कृष्ट

नोभेल कोरोना भाइरस विश्वभरि फैलिने क्रम रोकिएको थिएन। जनवरी २५ मा ताइवान र अष्ट्रेलियामा चार वटा नयाँ संक्रमण भेटियो।

दुवै देशको जनसंख्या उस्तै झण्डै दुई करोड ४० लाख जति छ। दुवै टापु हो। दुवै देशको सीमा कडा निगरानीमा छ। चीनसँग दुवै देशको व्यापार र यातायात सञ्जाल छ। तर दश सातापछि अष्ट्रेलियामा झण्डै पाँच हजार संक्रमित भेटिएका छन् भने ताइवानमा चार सयभन्दा थोरै।

अष्ट्रेलियाले के गल्ती गर्‍यो भन्ने प्रश्न होइन। अष्ट्रेलियामाभन्दा २० वटा  देशमा धेरै संक्रमित भेटिएका छन् भने सात वटामा दश गुणा धेरै संक्रमित छन्। तर ताइवानले कसरी भाइरस नियन्त्रण गर्‍यो त्यो महत्वपूर्ण प्रश्न हो।

Hardik ivf

दु:खले सिकाएको पाठ

सन् २००३ मा सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम वा सार्सको महामारी फैलिँदा हङकङ र दक्षिण चीनसँगै ताइवान पनि गम्भीर प्रभावित भएको थियो। डेढ लाखभन्दा धेरैलाई क्वारेन्टिन गरिएको थियो। १८१ जना व्यक्तिले ज्यान पनि गुमाए।

अहिलेको संकटमा सार्स कमजोर देखिए पनि एसिया महादेश आक्रान्त थियो। भविष्यमा यस्तै महामारी भए कसरी प्रतिकार्य गर्ने, अनिश्चित थियो। त्यसैले यो क्षेत्रमा धेरै ठाउँमा अहिलेको कोरोना भाइरसको महामारीमा छिटोछरितो प्रतिकार्य देख्न पाइयो। सरकारी र सामाजिक तह दुवैले खतरालाई विश्वको अन्य भागभन्दा गम्भीर रूपमा लिए। धेरैजसो स्थानमा जनवरीसम्म सीमानाका कडाइ गर्ने र मास्क लगाउने काम सुरू भइसकेको थियो।

ताइवानको स्वास्थ्य स्याहार प्रणाली उत्कृष्ट छ। चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उहानबाट कोरोना भाइरसको समाचार आउन थालेपछि ताइवानको नेसनल हेल्थ कमाण्ड सेन्टर (एनएचसीसी) ले सम्भावित जोखिमको प्रतिकार्यका लागि चुस्त काम गरेको जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसन (जेएएमए) को नयाँ प्रतिवेदनमा उल्लेख छ।

“सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि ताइवानले चुस्तताका साथ कम्तिमा पनि १२४ वटा कार्यसूची तयार गरी कार्यान्वयन गर्‍यो,” प्रतिवेदनका सह लेखक ताइवानी डाक्टर तथा स्ट्यान्फोरुड मेडिसिनको सहायक प्राध्यापक जेसन वाङले वक्तव्यमा भने,“सीमानाका क्षेत्र कडाइ गर्ने बाहेक नीति र कार्य गरियो किनभने उनीहरूलाई थाहा थियो, त्यो पर्याप्त हुने छैन।”

त्यतिञ्जेल अन्य देश भने के गर्ने र कसो गर्ने वा केही गर्ने कि नगर्ने, बहस गर्दै थिए। जनवरीमा गरिएको एउटा अध्ययनमा जोन्स होप्किन्स विश्वविद्यालयले चीनबाहिर ताइवान सबैभन्दा बढी जोखिममा भएको बताएको थियो। चीनसँग निकटता, सम्बन्ध र यातायात सम्पर्कका कारण विश्वविद्यालयले त्यस्तो भनेको थियो।

प्रारम्भिक चरणमा चीनको धेरै स्थानबाट यात्रा निषेध गर्ने, बन्दरगाहमा क्रुज पानीजहाज राख्न नपाउने र घरमै क्वारेन्टिन बस्ने निर्देशन उल्लंघन गर्नेलाई कडा सजाय दिनेजस्ता उपाय निर्णायक बन्यो। यसबाहेक, अभाव नहोस् भनेर मास्क उत्पादन पनि बढाइयो। पहिले निमोनिया हुनुको कारण पत्ता नलागेका व्यक्तिलगायत देशव्यापी रूपमा कोरोना भाइरसको परीक्षण लागू गरियो। भाइरसम्बन्धी गलत सूचना फैलाउनेलाई सजायको नयाँ व्यवस्था पनि गरियो।

“विश्वभरि कोभिड १९ फैलिरहेको अवस्थामा ताइवानले लागू गरेको कार्ययोजना र ठूलो महामारी रोक्न त्यसको प्रभावकारिता बुझ्ने प्रयास गरे धेरै देशलाई फाइदा पुग्नेछ,” वाङ र अन्य सह लेखकले लेखेका छन्।

“ताइवान सरकारले सन् २००३ को सार्स अनुभवबाट पाठ सिकेको छ। अर्को संकटका लागि तीव्र र चुस्त रूपमा काम गर्न एउटा सार्वजनिक स्वास्थ्य प्रतिकार्य संयन्त्र स्थापना गर्‍यो। तालिमप्राप्त र अनुभवी अधिकारीले संकट पहिचान गर्न समय लगाएनन् र संकटापन्न महामारी सम्बोधन गर्न आकस्मिक व्यवस्थापन संरचना सक्रिय बनाए।”

विशेषगरी, स्वास्थ्य अधिकारीले गर्ने दैनिक ब्रिफिङ लगायत तीव्र र पारदर्शी प्रतिकार्यलाई महामारीको बेला लोकतन्त्रमा उदाहरणीय अभ्यासको रूपमा हेरिएको छ। केही भने चीनजस्तो अधिनायकवादी सरकारले मात्रै तीव्र फैलिरहेको भाइरसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नसक्ने बताउँदै थिए। चीन र अन्य धेरै देशमाजस्तो ताइवानले कडाइका साथ लकडाउन/बन्दाबन्दी गर्नुपरेन।

ताइवान अहिले निकै बलियो अवस्थामा छ। देशमा आपूर्ति अभाव नहोस् भनेर धेरै सातासम्म मास्क निर्यात रोकेको ताइवानले बुधबार मात्रै अमेरिका, इटाली, स्पेन र अन्य नौ युरोपेली देशलाई एक करोड मास्क अनुदान दिने घोषणा गरेको छ। ताइवानसँग कूटनीतिक सम्बन्ध भएका साना देशलाई पनि सहयोग गर्ने जनाएको छ।
 

प्रकाशित मिति: ०६:३५ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्