Kathmandu Press

नेपाली क्रिकेट टिमले लिग–२को तयारी भारतमा गर्ने

नेपालले आगामी सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वाप लिग–२० को दोस्रो सिरिज खेल्ने छ। त्यसको तयारीका लागि क्यानले नेपाली टिमलाई भारत पठाउन लागेको हो।
नेपाली क्रिकेट टिमले लिग–२को तयारी भारतमा गर्ने

काठमाडाैं, साउन २१ : आसन्न आईसिसी विश्वकप लिग–२ को दोस्रो सिरिजको तयारी नेपाली क्रिकेट टिमले भारतमा गर्ने भएको छ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वाप लिग–२० को दोस्रो सिरिज खेल्ने छ। त्यसको तयारीका लागि क्यानले नेपाली टिमलाई भारत पठाउन लागेको हो।

क्यानले सिरिजका लागि २२ खेलाडीलाई आइतबार मात्र बन्द प्रशिक्षणका बोलाएको छ।

Hardik ivf

एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गरेपछि नेपाली टिम भारत जाने तयारी रहेको क्यानका प्रवत्ता छुम्बी लामाले बताए। फिटनेश ट्रेनिङ आज–भोलिबाटै सुरु हुने बताए।

उनले नेपाली टिमले भारतमा अभ्यास गर्ने तय भएपनि कहाँ र कतिवटा अभ्यास खेल खल्ने विषयमा टुंगो लागिनसकेको बताए।

क्यानले बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाए पनि १९ खेलाडी मात्र सहभागी हुनेछन्। टिममा परेका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामै ग्लोबल टि–२० लिग खेलिरहेकाले उनी उतै टिममा ज्वानइन हुनेछन्। ग्लोबल टि–२० लिगपछि रोहित र दीपेन्द्र क्यारेबियन टि–१० लिग खेल्ने वेस्टइन्डिज जानेछन्, सो प्रतियोगितापछि लिग–२को सिरिजका लाग क्यानडा फर्कने छन्।

यस्तै, नेपाली टिमले मुख्य प्रशिक्षक मोन्टी देसाईबिनै टियू मैदानमा फिटनेस ट्रेनिङ गर्नेछ। टि–२० विश्वकपपछि बिदामा रहेका देसाई भारतमै नेपाली टिमसँग जोडिने क्यान प्रवत्ता लामाले जानकारी दिए।

तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।

लिग–२ को सिरिजमा नेपालले सेप्टेम्बर १८ र २६ सेप्टेम्बरमा क्यानडासँग खेल्ने छ भने २० र २४ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपालले यी दुई टिमसँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ।

त्यसपछि नेपाली टिम उतैबाट लिग–२को तेस्रो सिरिज खेल्ने अमेरिका प्रस्थान गर्ने छ। त्यहाँ नेपालले घरेलु टोली अमेरिका र स्कटल्यान्डसँग सिरिज खेल्नेछ।

 

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्