Kathmandu Press

क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले खेलाडी र कलाकारसँग गरे छलफल

प्रधानमन्त्री ओलीले आइतबार क्यानका पदाधिकारी, खेलाडी र कलाकारहरूलाई बोलाएर रंगशाला निर्माणसम्बन्धी छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएका छन्।
क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले खेलाडी र कलाकारसँग गरे छलफल

काठमाडाैं, साउन २० : क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी ओलीले क्रिकेटरदेखि कलाकारसम्मलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार क्यानका पदाधिकारी, खेलाडी र कलाकारहरूलाई बोलाएर रंगशाला निर्माणसम्बन्धी छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएका छन्।

Hardik ivf

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले भेटघाटबाट आफू उत्साहित भएको बताएका छन्। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा सहयोग मिल्ने उनको भनाइ छ।

छलफलमा क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, पूर्वराष्ट्रिय खेलाडी शक्ति गौतम, क्रिकेटरहरू कुशल भुर्तेल, सन्दीप जोरा, सागर ढकाल, कुशल मल्ल, कलमसिंह ऐरी र ललित राजवंशी सहभागी थिए।

यस्तै, गायक बद्री पंगेनी, प्रकाश सपुत, गायिका रचना रिमाल, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगरलगायत पति छलफलमा सहभागी थिए।

बैठकमा क्रिकेट रंगशाला निर्माणमा प्रधानमन्त्रीले दिएको तदारुकतालाई लिएर क्यान सचिव पारस खड्का र खेलाडीहरूले आभार प्रकट गरे।

रंगशाला निर्माणपछि क्यान आफैँ आर्थिकरुपमा सक्षम हुने भएकाले खेलाडीको सेवा–सुविधामा सरकारको मुख ताकिरहनु क्यान सचिव खड्काले भने नपर्ने बताए।

यही सन्दर्भमा प्रधानमन्त्री ओलीले शनिबार क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतसँग पनि छलफल गरेका थिए।

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्