Kathmandu Press

नेपाली महिला टिमले जित्यो काभा बिच भलिबल उपाधि

भुटानको थिम्पुमा भइरहेको प्रतियोगितामा कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकाे हो।
नेपाली महिला टिमले जित्यो काभा बिच भलिबल उपाधि

काठमाडाैं, साउन १९ : भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको महिला तर्फकाे उपाधि नेपालको महिला टिमले जितेको छ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगितामा कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकाे हो।

नेपालले उज्वेकपस्तान ए लाई २१–१७, २१–१४ ले पराजित गरेको हो। नेपाली टिमले खेलका पाँचै खेलमा एक सेट पनि नगुमाई उपाधि जितेको हो।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१–१३, २१–१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

आजै हुने पुरुषतर्फको फाइलनमा नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले माल्दिभ्सको ए टिमसँग खेल्दैछ।

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमाथि कर्णालीको सानदार जित
जनकपुरमाथि कर्णालीको सानदार जित
ह्यरी केनले जिते बालोन डी’ओर अवार्ड
ह्यरी केनले जिते बालोन डी’ओर अवार्ड
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै 
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै