Kathmandu Press

कोरोना कोषमा करिब एक अर्ब ८६ करोड

काठमाडौं, चैत २६ : कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब एक अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम त....

कोरोना कोषमा करिब एक अर्ब ८६ करोड

काठमाडौं, चैत २६ : कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब एक अर्ब ८५ करोड रुपैयाँ संकलन भएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले कोष स्थापना गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ जम्मा भएको छ।

उनका अनुसार मङ्गलबार मात्र एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा जम्मा भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले एक करोड, लाइफ इन्स्योरेन्सले ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले दुई लाख ७० हजार ५६५ सहयाेग गरेकाे छ।

त्यस्तै, राजपुर नगरपालिका दाङले दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक लाख १९ हजार ४९८ सहयोग गरेको छ।

यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाबाट ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्