Kathmandu Press

ट्रान्सफर विन्डोको समय बढ्ने

काठमाडौं, चैत २६ : अहिले पुरै विश्व कोरोना भाइरसका कारण लकडाउनमा छ। अहिले कुनै त्यस्तो क्षेत्र छैन, जसलाई कोरोनाले छोएको छैन। खेलकुद त्यसपनि फुटब....

ट्रान्सफर विन्डोको समय बढ्ने

काठमाडौं, चैत २६ : अहिले पुरै विश्व कोरोना भाइरसका कारण लकडाउनमा छ। अहिले कुनै त्यस्तो क्षेत्र छैन, जसलाई कोरोनाले छोएको छैन। खेलकुद त्यसपनि फुटबल पनि नराम्रोसँग कोरोनाको मारमा परेको छ। 

अवस्था सामान्य हुँदा युरोपियन फुटबलको सकिने लागेको हुनेथियो। सिजनको अन्त्यसँगै सुरुहुने थियो, खेलाडी किनवेचको समय अर्थात् समर ट्रान्फर विन्डो। ट्रान्सफर विन्डोमा सबैभन्दा सक्रिय युरोपियन फुटबल नै हुन्छ, त्यसमा पनि इंग्लिस प्रिमियर लिग, ला लिगा, सिरि ए, बन्डेस लिगा र फ्रेन्च लिग वान योवेला सबैभन्दा बढी बिजी हुन्छन्। 

विश्वकै उत्कृष्ट यी ५ लिग हुने इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स अहिले कोरोनाको सबैभन्दा बढी मारमा छन्। अन्यको तुलनामा जर्मनीको अवस्था भने केही सामान्य छ। त्यसैले अहिले यी लिगको सिजन पुरा हुने नहुने नै अन्योल छ। यसले समर ट्रान्सर विन्डो पनि प्रभावित हुने निश्चित छ।

यही अन्योलबीच विश्व फुटबल महासंघ (फिफा)ले समर ट्रान्सफर विन्डोको समय बढाउने निर्णय गरेको छ। फिफाले विभिन्न कन्फ्रेडेरेसन फेडेरेसन, क्लब, खेलाडी र लिगसँग  छलफल यस्तो निर्णय गरेको हो।

यसैगरी फिफाले खेलाडीहरूको सम्झौता अवधि पनि लम्ब्याउने निर्णय गरेको छ। धेरै खेलाडीकोहरूको सम्झौता जुन ३० मा सकिन्छ। विषम परिस्थितिका कारण यसपटक सिजन नसकिने हुनाले फिफाले नयाँ सिजन सुरु नहुँदासम्म खेलाडीको सम्झौता अवधि कायम रहनेर्णय गरेको छ। यस्तै फिफाले यो सिजनको तालिका प्रभावित हुने पनि जनाएको छ।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्