Kathmandu Press

पेरिस ओलम्पिक प्रिन्सको लगातार तेस्रो हार

समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग पराजित भएसँगै प्रिन्सको ओलम्पिक यात्रा समाप्त भएको हो। यसअघि दुवै खेल हारेका प्रिन्स बुधबार गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भए।
पेरिस ओलम्पिक प्रिन्सको लगातार तेस्रो हार

काठमाडौं साउन १६ : पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल यात्रा समाप्त भएको छ।

समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग पराजित भएसँगै प्रिन्सको ओलम्पिक यात्रा समाप्त भएको हो। यसअघि दुवै खेल हारेका प्रिन्स बुधबार गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भए।

१६ मिनेट चलेको खेलको पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्सले दोस्रो सेट १०–२१ले गुमाए। दोस्रो सेट २१ मिनेट चलेको थियो।

समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए।

योसँगै पेरिस ओलम्पिकमा सहभागी ७ खेलाडी मध्ये ६ खेलाडीको यात्रा समाप्त भइसकेको छ। टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका थिए।

अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्