Kathmandu Press

सहकारीको बचत दुरुपयोगको छानबिन गर्न बनेको संसदीय समितिमा बडू

कांग्रेसले बन्दी पाण्डेको स्थानमा बडूलाई संसदीय विशेष समितिमा पठाएको हो। कांग्रेसबाट सदस्य बनेका पाण्डे मन्त्री नियुक्त भएपछि समितिमा सदस्य खाली भएको थियो।
सहकारीको बचत दुरुपयोगको छानबिन गर्न बनेको संसदीय समितिमा बडू

काठमाडौं, साउन १५ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिको सदस्यमा सांसद दिलेन्द्र बडू सदस्य बनेका छन्।

कांग्रेसले बन्दी पाण्डेको स्थानमा बडूलाई संसदीय विशेष समितिमा पठाएको हो। कांग्रेसबाट सदस्य बनेका पाण्डे मन्त्री नियुक्त भएपछि समितिमा सदस्य खाली भएको थियो।

Hardik ivf

प्रतिनिधिसभाको मंगलबारको बैठकले बडूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति सदस्य बनाउने निर्णय गरेको हो।

सहकारीहरूमा समस्या देखिएपछि छानबिनका लागि गत जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो।

सममितिमा एमाले सांसद सूर्य थापा सभापति छन् भन् एमालेकी सरिता भुसाल, कांग्रेसकी ईश्वरी न्यौपाने, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन्।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्