संसदीय समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमाले सांसद सूर्यप्रसाद ढकालको समर्थनमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापालाई निर्विरोध निर्वाचित गरे।
काठमाडौं, १५ साउन : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकीछिन्।
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमाले सांसद सूर्यप्रसाद ढकालको समर्थनमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापालाई निर्विरोध निर्वाचित गरे।
समिति सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त थियो।
समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो।
प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)