Kathmandu Press

आगामी निर्वाचनमा एक्लै माओवादी लड्ने

‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौं,’ उनले भने।
आगामी निर्वाचनमा एक्लै माओवादी लड्ने

काठमाडौं, साउन १५ : नेकपा माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ।

विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

Hardik ivf

‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौं,’ उनले भने।

उनले कम्युनिष्ट पार्टीको पुनगठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चहाना भएको भन्दै बृहत वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनगठन पनि गर्ने बताए।

‘हामीले कम्युनिष्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको सयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौं,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको पुनगठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनगठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस भन्ने जनता चहान्छन्। जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ।’
 
प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने निर्णय पनि भएको सापकोटाले बताए।

बैठकले साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्