लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न र झन्झटरहित सेवाप्रवाहको व्यवस्था मिलाउन निर्देशन दिँदै चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रुपमा पाउने व्यवस्था गर्न निर्देशन दिए।copy-1722331862.jpg)
काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन्।
उाले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए।
नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन दिए। उनले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्धवार्षिक, वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न र झन्झटरहित सेवाप्रवाहको व्यवस्था मिलाउन निर्देशन दिँदै चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रुपमा पाउने व्यवस्था गर्न निर्देशन दिए।
‘आइतबार सचिवहरुबाट पनि केही कुराहरु आएका थिए, त्यो पर्याप्त छैन, संविधान र कानुनको अधिनमा रही मुलुक र जनताको हितमा काम गर्नुहोस्,’ उनले भने। प्रधानमन्त्रीले तथ्यांकका आधारमा भन्दा पनि वर्तमान अवस्थाबारे बुझेर आफूले भनाइ राखेको समेत उल्लेख गरे।
यस्तै, प्रधानमन्त्री ओलीले अहिलेको काम सन्तोषजनक नभएको भन्दै प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए।
‘मैले विद्यमान अवस्था सन्तोषजनक नहरेकाले सरकार परिवर्तन भएको भनेको थिए, यतिबेला सरकारमा संसद्का ठूला दुई दल छन्, यी दुई पार्टीले सामाजिक र आर्थिक परिवर्तनमा योगदान गरेका छन्, ओलीले भने, ‘यी दुई ठूला दल कहिले आकारमा सानो भए पनि ईतिहास, योगदान, दृष्टिकोण र सामथ्र्य भने ठूलो छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गरे। उनले सम्भावित अध्ययन भएका ठाउँमा पानीजहाज चलाउने उल्लेख गर्नुहुँदै सोहीअनुसार काम गर्न निर्देशन दिए।












