Kathmandu Press

उपसभामुखको विवादमा सांसद न्यौपानेले मागिन् सभामुखसँग जवाफ

न्यौपानेले उपसभामुख रानाविरुद्ध निकै चार्ज लागेको बताइन्। उनले ५ जना बालिका लगेको कुरा आएको समेत बताइन्।
उपसभामुखको विवादमा सांसद न्यौपानेले मागिन् सभामुखसँग जवाफ

काठमाडौं, साउन १५ : नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा राना मगर जोडिएको विवादबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छन्।

सांसद न्यौपानेले उपसभामुख रानाको विषयमा सभामुखको जवाफ समेत मागेकी छन्।

न्यौपानेले उपसभामुख रानाविरुद्ध निकै चार्ज लागेको बताइन्। उनले ५ जना बालिका लगेको कुरा आएको समेत बताइन्।

‘५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ। यो कुराबारे मानव तस्करीको गम्भिर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ,’ उनले भनिन्, ‘तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानविन गर्न पाउन हक छ कि छैन। यो बिषयमा सभामुखको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्