Kathmandu Press

चिनियाँ राजदूतको भनाईप्रति सांसद खतिवडाले उठाए प्रश्न

सांसद खतिवडाले त्रिशूली नदीमा खसेको बस खोजी कार्यको बिषयमा चिनियाँ राजदूत सोङले मजाक उडाएको भनाई राखे।
चिनियाँ राजदूतको भनाईप्रति सांसद खतिवडाले उठाए प्रश्न

काठमाडौं, साउन १५ : प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा लेखेको विषयमा आपत्ति जनाएका छन्।

सांसद खतिवडाले त्रिशूली नदीमा खसेको बस खोजी कार्यको बिषयमा चिनियाँ राजदूत सोङले मजाक उडाएको भनाई राखे। उनले गम्भीर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कडा आपत्ति समेत जनाए।

राजदूत सोङले सामाजिक सञ्जालमा लेखेको विषयमा परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्न माग समेत गरे।

‘बस नखोज चुम्बक खोज भन्ने गरिएको छ। कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ । अप्ठ्यारो परेका बेला हाँसीमजाकमा नउडाउ। यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस्,’ उनले भने।

 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्