न्यायाधीश नियुक्ति र सरुवाका लागि न्यायपरिषद बैठक

काठमाडौं, साउन १५ : न्यायाधीश नियुक्ति र सरुवाको एजेण्डासहित न्याय परिषद्को बैठक सुरु भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतमा परिषद पदाधिकारीविच अहिले छलफल चलिरहेको छ।
परिषदले जिल्ला र उच्च अदालतका न्यायाधीशको सरुवा गर्ने तयारी गरेको छ। अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा पनि छलफल हुने जनाइएको छ।
हाल सर्वोच्च अदालतमा ४ न्यायाधीश पद रिक्त छ भने जिल्ला र उच्च अदालतमा ४० भन्दा बढी पद रिक्त छन्।
प्रकाशित मिति: १६:१० बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












