Kathmandu Press

पेरिस ओलम्पिकमा एलेक्जेन्डर शाहले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले ५१ः९१ सेकेन्डमा दुरी पार गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यो स्पर्धामा उनकै नाममा ५२ः१७ सेकेन्डको कीर्तिमान थियो।
पेरिस ओलम्पिकमा एलेक्जेन्डर शाहले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, साउन १५ : जारी पेरिस ओलम्पिकमा नेपाली पौडी खेलाडी  एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले ५१ः९१ सेकेन्डमा दुरी पार गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यो स्पर्धामा उनकै नाममा ५२ः१७ सेकेन्डको कीर्तिमान थियो।

Hardik ivf

राष्ट्रिय कीर्तिमान कायम गरेपनि उनी हिट चरणबाटै बाहरिए। ८९ खेलाडीमा उनी ५९ औं स्थानमा रहे। हिट चरणबाट १६ खेलाडी फाइनल चरणमा पुगेका छन्।

उनले दोस्रो पटक ओलम्पिक खेलेका हुन्। उनले गत संस्करणको टोकियो ओलम्पिकमा ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, साउन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्