Kathmandu Press

‘कांग्रेस र एमाले मिलेपछि साना दलमा ‘च्याँखे दाउको राजनीति’ सकिने चिन्ता बढ्यो’

‘थोरै सिटको च्याँखे दाउको राजनीति यो सकियो, अब खाल उठ्ने भयो, टाट उल्टिने भयो भन्ने पीडा नराख्नुहोस्, ८४ आउँदै छ। कत्रो हैरानी, ८४ मा तरक्की गर्नु न‚ लोकतन्त्र यही त हो,’ बास्कोटाले भने।
‘कांग्रेस र एमाले मिलेपछि साना दलमा ‘च्याँखे दाउको राजनीति’ सकिने चिन्ता बढ्यो’

काठमाडौं, साउन १५ : एमाले सांसद गोकुल बास्कोटाले संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि साना दलमा ‘च्याँखे दाउको राजनीति’ सकिने चिन्ता बढेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै संसद बास्कोटाले ०८४ को चुनवामा बहुमत ल्याएर सरकार बनाउने तयारीमा एमाले लागेको उल्लेख गरे। उनले दुईपटक सत्तामा गएको दल कसरी नयाँ हुन्छ भन्दै प्रश्न पनि गरे।

‘थोरै सिटको च्याँखे दाउको राजनीति यो सकियो, अब खाल उठ्ने भयो, टाट उल्टिने भयो भन्ने पीडा नराख्नुहोस्, ८४ आउँदै छ। कत्रो हैरानी, ८४ मा तरक्की गर्नु न‚ लोकतन्त्र यही त हो,’ बास्कोटाले भने।

उनले दिनहुँ भइरहेको आरोप प्रत्यरोप प्रतिपनि चिन्ता व्यक्त गरे। उनले भने, ‘कचकच र आरोप–प्रत्यारोप कहिलेसम्म गर्ने? हिजोको पीडा बोकेर नहिँड्नुस्, आफ्नो सामर्थ्यानुसार राजनीति गर्नुस्।’

उनले संविधान संशोधनले समावेशी व्यवस्था सिध्याउँछ भन्ने भाष्य गलत भएको पनि बताए।

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्