कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार
एजेन्टले कुबेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।-1722333096.jpeg)
काठमाडौं, साउन १५ : कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ।
एजेन्टले कुबेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।
नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर)ले बताए।
उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए।
प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












