Kathmandu Press

ढुक्क हुनुस् यो ठूला पार्टीले बुझेर बनाएको स्थिर सरकार हो : प्रधानमन्त्री

सरकार कुनै प्रकारको दाउपेचमा नभई कर्तव्य बोध गरेर ठूला पार्टीले बुझेर बनाएको भन्दै ढल्न त के ढलमल पनि नहुने उनको विश्वास छ।
ढुक्क हुनुस् यो ठूला पार्टीले बुझेर बनाएको स्थिर सरकार हो : प्रधानमन्त्री

काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी ओलीले, वर्तमान सरकार कुनै पनि हालतमा असफल नहुने दाबी गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधामन्त्री ओलीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै सफल भएर नै छाड्ने दाबी गरेका हुन्।

Hardik ivf

‘यस सरकारलाई असफल हुने कुनै छुट छैन्। अन्तिम हो यो भने जस्तै नै हो। अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होइन। यो असफल कुनै हालतमा पनि हुँदैन,’ उनले भने, ‘यो असफल हुन बनेको होइन, त्यसैले पनि असफल हुँदैन सफल हुन्छ। भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अडिँदैन भने झै हातमा हात बाँधेर बसेर चाँही केही हुँदैन।’

प्रधानमन्त्री ओलीले केही नेताहरुले राजनीतिक ज्योतिष पल्टेर वर्तमान सरकारको  तिथि तोक्दै हिडेको भन्दै आपत्ति जनाए। सरकार कुनै प्रकारको दाउपेचमा नभई कर्तव्य बोध गरेर ठूला पार्टीले बुझेर बनाएको भन्दै ढल्न त के ढलमल पनि नहुने उनको विश्वास छ।

‘यो सरकार कति दिनलाई हो भन्दै भ्रम छर्न सक्छन्। अस्ति एकजना नेता राजनीतिक ज्योतिष पल्टेर तिथि तोक्दै गरेको देख्या थिए। यो सरकार दुई वर्ष मेरो नेतृत्वमा र निर्वाचनसम्म शेरबहादुर जीको नेतृत्वमा चल्छ। यसमा ढुक्क भए हुन्छ,’ उनले भने, ‘सरकार कहिँकतै कुनै प्रकारको दाउपेचमा होइन मन्त्री बनाइहालौं भन्ने हिसाबले होइन। कर्तव्य बोध गरेर बनेको सरकार हो। ठूला पार्टीले बुझेर बनाएको पार्टी हो। त्यसैले ढल्न त के ढलमल नि हुँदैन। ढुक्क हुनु यो स्थिर सरकार हो।’

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्