Kathmandu Press

दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताउँदै प्रधानमन्त्री ओलीले यस बिषयमा चिन्ता नगर्न समेत सचिवहरुलाई आग्रह गरे ।
दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं, साउन १५ : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिनेक्रममा उक्त भनाई राखेका हुन्।

Hardik ivf

कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताउँदै प्रधानमन्त्री ओलीले यस बिषयमा चिन्ता नगर्न समेत सचिवहरुलाई आग्रह गरे ।

‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन, यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न। यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो।’

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्