Kathmandu Press

‘राजदूत नियुक्ती समावेशी भएन’

प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे।
‘राजदूत नियुक्ती समावेशी भएन’

काठमाडौं, साउन १५ : कांग्रेस सांसद जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे।

Hardik ivf

‘हिजोको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ। उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्न चाहन्छु,’ उनले भने,  संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ भने धारा २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नुपर्ने संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ।’

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्