Kathmandu Press

‘मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन’

‘हामी सरकारका जानका लागि मात्रै मिलेका होइनौं, देश विकासका लागि सहकार्य गरेका हौं,’ उनले भने, ‘लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो।’
‘मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन’

दाङ, साउन १५ : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन्।

प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए।

Hardik ivf

‘हामी सरकारका  जानका लागि मात्रै मिलेका होइनौं, देश विकासका लागि सहकार्य गरेका हौं,’ उनले भने, ‘लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो।’

उनले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताए। उनले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गरे।

महासचिव पोखरेलले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिए।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सरकार मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्