वाग्मतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने
विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दै छकाठमाडौं, साउन १५ : वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दै छ
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।
प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रविको थुनछेक बहस जारी, रविका २ वकिलले सके बहसबुधबार, माघ २, २०८१
राजमार्ग निर्माणमा ढिलाइ गरिएको भन्दै स्थानीयद्वारा मिर्चैयामा सडक अवरुद्धबुधबार, माघ २, २०८१
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओलीबुधबार, माघ २, २०८१