Kathmandu Press

३ प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

बैठकले बागमतीका यादव शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई हटाउँदै बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
३ प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

काठमाडौं, साउन १४ : सरकारले तीन प्रदेशको प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो।

Hardik ivf

बैठकले बागमतीका यादव शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई हटाउँदै बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्। उनीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्