Kathmandu Press

१५ करोड ७७ लाख ठगी अभियोगमा सहकारी बैंक अध्यक्ष उप्रेतीसहित नौ जनाविरुद्ध मुद्दा

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
१५ करोड ७७ लाख ठगी अभियोगमा सहकारी बैंक अध्यक्ष उप्रेतीसहित नौ जनाविरुद्ध मुद्दा

काठमाडौं, साउन १४ : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीसहित नौजना विरुद्ध सोमबार सहकारी ठगी अभियोगमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।

Hardik ivf

सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे, सदस्य बद्री महत, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल,सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल, संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई मुद्दामा प्रतिबादी काय गरिएको छ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो।

यी संस्थाको एकीकृत करोबार ७ अर्बभन्दा धेरै रहेको बताइएको छ । प्रहरी अनुसन्धानबाट सर्वसाधारणको १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी गरेको पुष्टि भएको दाबी अभियोगपत्रमा गरिएको छ।

मुद्दा चलाइएका प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन्। अन्य अभियुक्त फरार रहेकाले पक्राउ पुर्जी जारी गर्न अदालत समक्ष माग गरिएको छ।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्