Kathmandu Press

कोरोना भाइरसको संक्रमण भएपछि फोक्सोलाई के हुन्छ?

कोभिड १९ वा कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर सुरू भएको हो। निमोनियाका केही घटनामा कारण पत्ता लागेको थिएन। पछि थाहा भयो  सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरो....

कोरोना भाइरसको संक्रमण भएपछि फोक्सोलाई के हुन्छ?

कोभिड १९ वा कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर सुरू भएको हो। निमोनियाका केही घटनामा कारण पत्ता लागेको थिएन। पछि थाहा भयो  सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस-२ वा सार्स कोभ- २ नामक नयाँ भाइरसले रोग लागेको रहेछ। यो भाइरसले निम्त्याएको रोगलाई कोभिड १९ भनिन्छ।

अहिले विश्व स्वास्थ्य संगठनले यसलाई प्यान्डेमिक वा महाव्याधि घोषणा गरेको छ। कोभिड १९ का बहुमत बिरामीलाई रूघाजस्तो सामान्य लक्षण देखापर्छ। कोभिड १९ भएका ८० प्रतिशत व्यक्ति कुनै विशेष उपचार नगरी नै निको हुने संगठनले जनाएको छ।

६ जना बिरामीमध्ये एक जनामात्रै गम्भीर बिरामी हुने र सास फेर्न कठिनाइ हुने देखिएको छ। उसो भए कोभिड १९ कसरी निमोनियाजस्तो गम्भीर रोगमा विकसित हुन्छ? फोक्सो र अन्य अंगमा के कस्तो प्रभाव पर्छ?

Hardik ivf

भाइरसले व्यक्तिलाई कस्तो प्रभाव पारिरहेको छ?

गार्डियन अष्ट्रेलियाले रोयल अष्ट्रेलेसियन कलेज अफ फिजियन्सका अध्यक्ष प्राध्यापक जोन विल्सनसँग कुराकानी गरेको छ। उनी आफैँ पनि श्वाशप्रश्वाशसम्बन्धी चिकित्सक हुन्। कोभिड १९ को सबै गम्भीर परिणाममा निमोनिया देखिने उनले बताए। कोभिड १९ का बिरामीलाई चार समूहमा राख्न सकिने उनी बताउँछन्।

“सब क्लिनिकल” सबैभन्दा सामान्य हुन्छन्। उनीहरू संक्रमित हुन्छन् तर रोगको कुनै लक्षण देखिदैंन। अर्को समूहमा “अप्पर रेस्पिरेटरी ट्रयाक्ट” मा संक्रमण भएकाहरू पर्दछन्। उनीहरूलाई ज्वरो र खोकी हुनसक्छ। टाउको दुख्ने वा आँखा पाक्नेजस्तो (कन्जङ्क्टिभाइटिस) लक्षण समेत देखिने विल्सनले बताए। 

उनी भन्छन्,“सामान्य लक्षण भएका व्यक्तिले अरूलाई भाइरस सार्न सक्छन् तर उनीहरूलाई थाहा नहुनसक्छ।” फ्लुजस्तो सामान्य लक्षण देखिने तर काममा जान नसक्नेहरू सबैभन्दा धेरै हुन्छन्। उनीहरू अस्पताल जान्छन्। विल्सनका अनुसार चौथो समूहमा निमोनियाजस्तो गम्भीर रोग विकसित हुन्छ।

उनी भन्छन्,“संक्रमित र स्वास्थ्य सेवा पुगेकाहरूमध्ये झण्डै ६ प्रतिशतलाई गम्भीर रोग भएको उहानमा देखिएको छ।” वृद्ध तथा उच्च रक्तचाप, मुटु र फोक्सोको समस्या वा मधुमेह भएका व्यक्तिलाई गम्भीर रोग लाग्ने सम्भावना बढि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

निमोनिया कसरी हुन्छ?

कोभिड १९ का बिरामीलाई खोकी र ज्वरो आउँदा श्वासको नलीमा संक्रमण हुन्छ। विल्सन भन्छन्,“श्वासप्रश्वासको नलीको सतहमा चोट लाग्छ र जलन हुन्छ। यसले हावा आउने जाने मार्गको सतहमा भएका नशा प्रभावित हुन्छ। धुलोको कण मात्रले पनि खोकी लाग्नसक्छ।”

“समस्या अझ गम्भीर भए, हावा आउनेजाने मार्गको अन्त्यसम्म पुग्छ। त्यहाँ संक्रमण भए फोक्सोको पिँधमा रहेको हावाको थैलीमा जलन हुने सामग्री थुप्रिन थाल्छ।”
ती हावाका थैलीमा जलन हुन थाले फोक्सोमा जलन हुने सामग्री (तरल र जलन हुने कोश) बग्न थाल्छ र निमोनिया हुन्छ। त्यसो फोक्सोले पर्याप्त मात्रामा अक्सिजन रगतमा पुर्‍याउन सक्दैन। परिणाममा शरिरको अक्सिजन सोंस्ने र कार्बन डाइअक्साइड फ्याँक्ने क्षमता घट्छ।

“गम्भीर निमोनिया भएका व्यक्तिको मृत्यु हुनुको कारण यही हो,” विल्सनले भने।

निमोनिया निको हुन्छ ? 

लङ फाउण्डेशन अष्ट्रेलियाकी अध्यक्ष प्राध्यापक क्रिस्टिन जेङ्किन्सले गार्डियन अष्ट्रेलियालाई भनिन्,“दुर्भाग्यवश कोभिड- १९ निमोनियाबाट रोकथाम गर्ने केही उपलब्ध छैन।”

“विभिन्न परीक्षण भइरहेका छन्। चाँडै प्रभावकारी औषधि पत्ता लाग्नेमा हामी आशावादी छौं। हाललाई स्थापित उपचार विधि छैन। सघन स्याहारमा बिरामीलाई सहायक उपचारमात्रै दिइन्छ।”

हामी उनीहरूलाई भेन्टिलेटरमा राख्छौं। फोक्सोले सामान्य अवस्थामाझैं काम नगरेसम्म अक्सिजनको उच्च मात्रा कायम राख्छौं। भाइरल निमोनियाका बिरामीलाई अन्य संक्रमणको समेत जोखिम भएको विल्सनले बताए। त्यसैले उनीहरूलाई पनि एन्टि भाइरल औषधी र एन्टिबायोटिक उपचार गरिन्छ।

“केही परिस्थितिमा यो उपचार विधि पर्याप्त हुँदैन,” वर्तमान महामारीलाई उद्धृत गर्दै उनले भने,“निमोनिया नियन्त्रण भएन र बिरामी बाँचेनन्।”

कोभिड-१९ निमोनिया भिन्न हो?

कोभिड १९ निमोनिया अस्पताल भर्ना गराउने अधिकांशभन्दा भिन्न रहेको जेङ्किन्सले बताइन्।

“हामीलाई थाहा भएको र व्यक्तिलाई अस्पताल भर्ना गराउने अधिकांश निमोनिया ब्याक्टेरियाका कारण हुन्छ। एन्टिबायोटिक उपचार प्रभावकारी हुन्छ,”उनले भनिन्।

कोभिड १९ कारण हुने निमोनिया विशेष रूपमा गम्भीर हुने प्रमाण भएको विल्सनले बताए। कोरोना भाइरसको निमोनियाले साना भागभन्दा पनि पूरै फोक्सोमा प्रभाव पार्ने उनले बताए। उनी भन्छन्,“फोक्सोमा संक्रमण भएपछि, यदि हावाको थैलीमा पनि फैलियो भने शरीरले भाइरस नष्ट गर्ने बढ्न नदिने प्रयास गर्छ।”

तर मुटु र फोक्सोसम्बन्धी रोगका साथै मधुमेह र वृद्ध ल गायत केही व्यक्तिको “फर्स्ट रेस्पोन्डर मेकानिजम” कमजोर हुनसक्ने विल्सन बताउँछन्। सामान्यतया ६५ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति निमोनियाको जोखिममा हुने जेङ्किन्सले बताइन्। उनीहरूसँगै मधुमेह, क्यानसर वा फोक्सो, मुटु, मृगौला वा कलेजो, धुमपान गर्ने आदिवासी अष्ट्रेलियाली नागरिक अनि १२ महिना वा सोभन्दा कम उमेरका शिशु पनि उत्तिकै जोखिममा हुन्छन्।

निमोनियाले हुने मृत्यु उमेरमा भरपर्छ। बढी उमेरका व्यक्तिलाई निमोनिया जहिले पनि खतरनाक हुनसक्छ। यसअघि वृद्धहरूको मृत्युको प्रमुख कारण नै निमोनिया थियो। अहिले निमोनियाको राम्रो उपचार उपलब्ध छ। जति स्वस्थ र शारीरिक रूपमा सक्रिय भए पनि उमेरसँगै निमोनिया लाग्ने जोखिम पनि बढ्छ। उमेरसँगै रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुँदै जान्छ। शरीरलाई रोग र संक्रमणसँग लड्न कठिनाइ हुँदै जान्छ।

द गार्जियन 

प्रकाशित मिति: ०६:५१ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्