नवनियुक्त गभर्नर अधिकारीले गरे पद तथा गोपनियताको सपथ ग्रहण
काठमाडौं, चैत २५ : राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार सर्वोच्च अदालतका प्रधानन्य....

काठमाडौं, चैत २५ : राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शनशेर जबराले उनलाई सथप ग्रहण गराएका हुन्।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो। अधिकारी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पनि हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले अभिकारीलाई गभर्नर नियुक्त गरेको हो।
प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
