Kathmandu Press

कोरोना भाइरसका कारण पेप ग्वार्डिओलाकी आमाको निधन

काठमाडौं, चैत २४ : कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको मृत्यु भएको छ।

क....

कोरोना भाइरसका कारण पेप ग्वार्डिओलाकी आमाको निधन

काठमाडौं, चैत २४ : कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण सोमबार ग्वार्डिओलाकी आमा ८२ वर्षीया डोलोर साला क्यारिओको मृत्यु भएको म्यानचेस्टर सिटीले जनाएको छ। म्यानचेस्टर सिटीले ट्वीटरमार्फत ग्वार्डिओलाकी आमाको मृत्यु भएको पुष्टि गरेको छ। उनको स्पेनको बार्सिलोनास्थित मान्रेसमा मृत्यु भएको हो।

डोलोरका ग्वार्डिओलासहित ४ सन्तान छन्। स्पेनका पूर्वराष्ट्रिय खेलाडी ग्वार्डिओलाले बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखमा पनि प्रशिक्षकका रूपमा काम गरेका छन्।

प्रकाशित मिति: २१:५३ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्