Kathmandu Press

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उनको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए।
अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं, साउन ५ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। आज बिहान द्वारिकाज होटल पुगेका उनले स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरे।

नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उनको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए। उनले स्व. श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरे।

Hardik ivf

श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। लामो समयदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।

स्व. श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने छ।

प्रकाशित मिति: ११:३३ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्