Kathmandu Press

कोरोना पीडितलाई पूर्वक्रिकेटर गम्भीर र अफ्रिदीको सहयोग

काठमाडौं, चैत २४ : विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण धेरै मासिनलाई आफ्नो गुजारा चलाउन मुस्किल परिरहेको छ। कोरोनाका कारण पीडित बनेकाहर....

कोरोना पीडितलाई पूर्वक्रिकेटर गम्भीर र अफ्रिदीको सहयोग

काठमाडौं, चैत २४ : विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण धेरै मासिनलाई आफ्नो गुजारा चलाउन मुस्किल परिरहेको छ। कोरोनाका कारण पीडित बनेकाहरूलाई सहयोग गर्न विभिन्न क्षेत्रका व्यक्तिहरु अग्रसर भएका छन् र आफूले सकेजति सहयोग गरिरहेका छन्। 

कोरोना पीडितको सहयोगका लागि खेलाडीहरुले पनि सहयोग गरिरहेका छन्। फुटबल, क्रिकेट, टेनिस, बक्सिङलगायतका चर्चित खेलाडीहरु सहयोगका लागि अग्रसर भएका छन्। फुटबल स्टार क्रिष्टियानो रोनाल्डो, लियोनल मेसी, रोबर्ट लेवान्डोस्की, नेमार, प्रशिक्षक पेप ग्वार्डिओला, क्रिकेटरहरू सचिन तेन्दुलकर, सौरभ गांगुली, रोहित शर्मा, युवराज सिंह तथा टेनिस स्टार रोजर फेडेररले पनि सहयोगको घोषणा गरिसकेका छन्।

यस्तै, सहयोगमा जोडिएका छन्– दुई चर्चित पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर भारतका गौतम गम्भीर र पाकिस्तानका साहिद अफ्रिदी पनि। गम्भीरले प्रधानमन्त्री राहत कोषामा एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् भने अफ्रिदीले ‘साहिद अफ्रिदी फाउन्डेसन’ मार्फत गरिब परिवारलाई सहयोग गर्न सुरु गरेका छन्।

भाजपाका लोकसभा सांसद समेत रहेका गम्भीरले दुई पटक गरेर एक करोड रुपैयाँ सहयोग गरेका हुन्। उनले यसअघि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए भने आइतबार पुनः ५० लाख सहयोग गर्ने घोषणा गरेको हुन्। 

दिल्लीका विभिन्न अस्पतालमा मेडिकल सामान किन्न रकम खर्च हुने गम्भीरले ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘मलाई आशा छ कि यो रकम कोरोना रोकथामको अभियानमा मेडिकल सामानहरू किन्न प्रयोग गरिनेछ। यो संकटको घडीमा दिल्लीका नागरिकहरूलाई सहयोग गर्नु हाम्रो सबैभन्दा ठूलो कर्तव्य हो।’

यसैगरी, पाकिस्तानी पूर्वक्रिकेटर अफ्रिदीले पनि आफ्नै नाममा फाउन्डेसन स्थापना गरेर कोरोना भाइरस पीडितका लागि सहयोग अभियान चलाएका छन्। साहिद अफ्रिदी फाउन्डेसनले पहिलो चरणमा अल्पसंख्यक समुदायलाई सहयोग वितरण गरिरहेको बताइएको छ। 

टेनिस खेलाडी रोविन दासले यस्तो विषम परिस्थितिमा सहयोग गर्नु खेलाडीको पनि दायित्व भएकाले खेलाडीहरु एकजुट हुनुपर्ने बताएपछि विपन्न परिवारलाई सहयोग गर्न फाउन्डेसन खोलेको अफ्रिदीले बताएका छन्। अफ्रिदी फाउन्डेसनमा विभिन्न खेलाडी र खेल क्षेत्रका व्यक्तिहरू सहयोग गरेका छन्।

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्