Kathmandu Press

दक्षिण एसियाली करातेमा ६२ पदकसहित नेपाल बन्याे टिम च्याम्पियन

नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो।
दक्षिण एसियाली करातेमा ६२ पदकसहित नेपाल बन्याे टिम च्याम्पियन

काठमाडौं, साउन ५ : नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित  कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो।

Hardik ivf

त्यस्तै,  भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो। गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो।

 

प्रकाशित मिति: १०:४८ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्