Kathmandu Press

कोरोनाको त्रासबीच प्रशिक्षण सुरु गर्दै बायर्न म्युनिख

काठमाडौं, चैत २४ : जर्मन क्लब बायर्न म्युनिखले कोराना भाइरसको त्रासबीच प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। 

कोरानो भाइरसका का....

कोरोनाको त्रासबीच प्रशिक्षण सुरु गर्दै बायर्न म्युनिख

काठमाडौं, चैत २४ : जर्मन क्लब बायर्न म्युनिखले कोराना भाइरसको त्रासबीच प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। 

कोरानो भाइरसका कारण विश्व फुटबल ठप्प रहेपनि बायर्नले त्रासबीच सोमबारदेखि प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो। लिग लिडर बायर्नले विनादर्शक खेलाडीहरुलाई प्रशिक्षण गराउने र सरकारी नियमको पालना गरिने जनाएको छ। बायर्नले भनेको छ, ‘खेलाडीको फिटनेसलाई ध्यानमा राखेर प्रशिक्षण सुरु गर्न लागेका हौं।’ 

बायर्नले आफ्ना समर्थकलाई सरकारी निर्देशनको पालना गर्दै घरमै बस्न आग्रह गरेको छ। साथै, ट्रेनिङ हेर्न नआउन पनि अपिल गरेको छ।

बायर्नसँगै बोरुसिया डर्टमन्ड र फ्रया‌ंकफर्टले पनि प्रशिक्षण सुरु गरिसकेका छन्। डर्टमन्डले गत साता र फ्रया‌ंकफर्टले शनिबारबाट प्रशिक्षण सुरु गरेका थिए।
क्लबहरुले प्रशिक्षण सुरु गरे पनि लिग भने अझै अनिश्चित छ। बुन्डेस लिगा अप्रिल ३० सम्मका लागि स्थागित गरिएको छ। 

जर्मनीमा अहिले एक लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने १५ सय ८४ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाकै कारण जर्मनीमा मार्च १३ सम्म सबै उडान बन्द गरिएको छ।
 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्