Kathmandu Press

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट सन्देशसहित आर्थिक विधेयक सोमबार बसेको राष्ट्रिय सभा बैठकले पारित गरि प्रतिनिधिसभामा फिर्ता पठाएको छ।
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं, असार ३१ : राष्ट्रिय सभाले आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित आर्थिक विधेयक सोमबार बसेको राष्ट्रिय सभा बैठकले पारित गरि प्रतिनिधिसभामा फिर्ता पठाएको छ।

सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेस गरेका थिए।

प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए। सोसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे।

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्