Kathmandu Press

भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री डा.राणालाई बधाई

उनले आफू बहुआयामिक साझेदारीलाई अघि बढाउन परराष्ट्रमन्त्री राणासँग मिलेर काम गर्न तत्पर रहेको समेत बताएका छन्।
भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री डा.राणालाई बधाई

काठमाडौं, असार ३१ : भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बधाई दिएका छन्।

परराष्ट्रमन्त्री राणाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथग्रहण गरेलगत्तै भारतीय विदेशमन्त्री जयशंकरले राणालाई बधाई दिएका हुन्। जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन्।

Hardik ivf

उनले आफू बहुआयामिक साझेदारीलाई अघि बढाउन परराष्ट्रमन्त्री राणासँग मिलेर काम गर्न तत्पर रहेको समेत बताएका छन्।

‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

प्रकाशित मिति: १८:११ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्