Kathmandu Press

पदभारपछि पर्यटनमन्त्री पाण्डेले भने– संघीयता अनुकुल पर्यटन नीति बनाएर काम गर्छु

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेगरी काम गर्ने बताएका हुन्।
पदभारपछि पर्यटनमन्त्री पाण्डेले भने– संघीयता अनुकुल पर्यटन नीति बनाएर काम गर्छु

काठमाडौं, असार ३१ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठुलो असर परेको बताएका छन्।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेगरी काम गर्ने बताएका हुन्।

Hardik ivf

‘पर्यटन क्षेत्रले कोभिडको महामारी खेप्नुपर्यो। यो क्षेत्रमा परेको कोभिडको असरलाई घटाएर पर्यटन क्षेत्रलाई फेरि राम्रोसँग सूचारू गर्नुपर्ने छ,’ उनले भने, ‘संघीयता अनुकुल पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि पर्यटन नीति सुधारका लागि अध्ययन गर्नेछौं।’

मन्त्री पाण्डेले पर्यटन नीति–२०६५ लाई संघीयता अनुकुल बनाउन परिवर्तन गर्ने पहिलो निर्णय समेत गरेका छन्।
 
उनले अबको पर्यटन नीतिमा अध्ययन गरेर यस क्षेत्रलाई सुधार गर्दै निष्ठाका साथ पर्यटन क्षेत्रका समस्या चिर्दै अगाडि बढ्ने बताए ।

पाण्डे पहिलो पटक मन्त्री बनेका छन्। कांग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्