Kathmandu Press

कांग्रेसको बर्चश्व तोडेका मानवीर बने रक्षा मन्त्री

उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन्। एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो।
कांग्रेसको बर्चश्व तोडेका मानवीर बने रक्षा मन्त्री

काठमाडौं, असार ३१ : नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गरेका छन्। शपथ लगत्रै मन्त्री राईले मन्त्रालयमा पुगेर पदभार गरेका हुन्।

उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन्। एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो।

Hardik ivf

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो।

नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित भएका थिए।

२०२७ साल माप्य दुधकोशी गाउँपालिका २ ठूलोढुंगामा जन्मिएका राई ०४२ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए।
२०७२ सालमा सम्पन्न छैटौं अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष बनेका उनी दशौं महाधिवेसनबाट एमालेको केन्द्रिय सदस्यमा बनेका थिए।

कांग्रेसका केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएपनि तेस्रो पटक पराजित भएका थिए।

बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो।

 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्