Kathmandu Press

‘नेपालीले व्यक्तिगत क्षमताले अन्तर्राष्ट्रिय उचाइ हासिल गरे, अब राज्यस्तरबाट पहल गर्छु’

अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताताउँदै मन्त्री राणाले अब राज्यको स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाइन्।
‘नेपालीले व्यक्तिगत क्षमताले अन्तर्राष्ट्रिय उचाइ हासिल गरे, अब राज्यस्तरबाट पहल गर्छु’

काठमाडौं, असार ३१ : पहिलो पटक मन्त्री बनेकी कांग्रेस सांसद आरजु राणा देउवाले दपभार ग्रहण गरेकी छिन्। परराष्ट्रमन्त्री बनेकी राणाले शपत लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहणपछ मन्त्री रणााले अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको बताइन्। अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताताउँदै मन्त्री राणाले अब राज्यको स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाइन्।

यस्तै, सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताउँदै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन्।

Hardik ivf

‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ। अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ,’ उनले भनिन्, ‘बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ।’

मन्त्री राणाले कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन्। मन्त्री राणाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताइन्।

नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने उनले बताइन्।

‘पूर्वजहरुको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो,’ मन्त्री राणाले भनिन्।

मुलुकको समृद्धिका लागि पनि परराष्ट्र मन्त्रालयको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले  आर्थिक कूटनीतिमार्फत त्यसमा कसरी योगदान गर्ने भन्ने बारेमा काम गर्ने बताइन्।

उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा जोड दिइन्।

मन्त्री राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने बताक्ष्ने,

पदभार ग्रहणपछि मन्त्री राणाले पहिलो निर्णयका रुपमा विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरिन्।

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्