Kathmandu Press

भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

संकुचित अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए।
भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं, असार ३१ : नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको बताए।

Hardik ivf

संकुचित अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए।

‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रमा शिथिलता संकुचन जुन देखिएको छ अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीता जुन संविधानका मूल तत्वहरु छन् त्यसलाई बलियो बनाउने सरकारको प्राथमिकता हुन्,’ उनले भने।

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्