कर्मचारीको आन्दोलनका कारण कृषिमन्त्री अधिकारीले पदभार ग्रहण पाएनन्
चारबुँदे मागसहित कृषितर्फका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
काठमाडौं, असार ३१ : नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी पदभार ग्रहण नगरी फर्किएका छन्।
सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणसँगै मन्त्रालय पुगेका मन्त्री अधिकारीले कर्मचारीको आन्दालेनका कारण पदभार ग्रहण गर्न नपाएका हुन्।
चारबुँदे मागसहित कृषितर्फका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
उनले मन्त्रालयमा कार्यरत आन्दोलित प्राविधिकहरूको समस्याको चाँडै समाधान गर्ने बताएका छन्।
प्रकाशित मिति: १६:५२ बजे, सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












