‘किसानको छोरो हुँ, समस्याबारे जानकार छु’
‘म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु। मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन।’
काठमाडौं, असार ३१ : कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए। उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे।
‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु,’ उनले भने, ‘म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु। मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन।’
उनले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताए। मन्त्री अधिकारीले यो आन्दोलनलाई अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटोभन्दा छिटो समस्या समाधान गर्ने बताए।












