Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

काठमाडौं, असार ३१ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

Photo1-1721038573.jpeg

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन्।

त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए। ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका हुन्।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेका थिए।

 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्