Kathmandu Press

त्रिशुलीमा बेपत्तामध्ये १३ को शव भेटियो, आठको सनाखत हुन बाँकी

हालसम्म १३ जनाको शव भेटिएको र ८ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
त्रिशुलीमा बेपत्तामध्ये १३ को शव भेटियो, आठको सनाखत हुन बाँकी

चितवन, असार ३१ : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा भएको गाडी दुर्घटनामा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव फेला परेका छन्।

हालसम्म १३ जनाको शव भेटिएको र ८ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

Hardik ivf

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेका दुईवटा बस सिमलतालमा गएको पहिरोमा परी त्रिशुलीमा खसेका थिए।

बेपत्ताको खोज तथा उद्धारका लागि शुक्रबारदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार भेटिएका शवमध्ये ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ। सोमबार पनि तीनवटै सुरक्षा निकायबाट संयुक्त रुपमा खोजी कार्य जारी छ।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्