Kathmandu Press

गृहमन्त्री लेखककाे पहिलाे निर्णय- सिमलताल दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

सोमबार नियुक्त भएका मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेका हुन्। नवगठित कार्यदललाई १० दिन समय दिइएको छ।
गृहमन्त्री लेखककाे पहिलाे निर्णय- सिमलताल दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं, असार ३१ : नव नियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरे लगत्तै सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्।

सोमबार नियुक्त भएका मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेका हुन्। नवगठित कार्यदललाई १० दिन समय दिइएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बस त्रिशूलीमा खसेको थियो।

६५ जना यात्रु सहित बस पहिरोले बगाएको थियो। हालसम्म ११ जनाको मात्र शव भेटिएको छ भने अन्य यात्रु र बस अझै भेटिएका छैनन्।

मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधन रोक्ने विषयमा काम गर्ने बताए। त्यसका लागि बाढीपहिरो प्रभावित क्षेत्रहरूमा कसरी काम गर्नेबारे मंगलबारबाट नै तालिका बनाएर काम हुने उनको भनाइ छ।  

उनले बाढीपहिरोमा परेकाको उद्धार र राहत पहिलो प्राथमिकतामा हुने बताए।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्