Kathmandu Press

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ।
सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौं, असार ३१ : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ।

यस्तै, आइतबार प्रतितोला एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ८५ रूपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति: ११:४० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्