ऐनबहादुर शाही बने मुगुबाट पहिलो मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।
काठमाडौं, असार ३१ : नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन्। उनी नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।
आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन्।
शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। भने वहालवाला मुगुका जिल्ला पार्टी सभापती पनि हुन्।
२०२६ साल फागुनमा मुगुको अति विकट मानिएको सोरु गाउँपालिका २ धुपी गाउँमा जन्मिएका शाही २०४४ सालबाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए।
बहुदलीय व्यवस्था पछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित भएकाथिए। शाही फेरि दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए।
उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।












