Kathmandu Press

नियुक्ती लगत्तै प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्चमा रिट

रिट निवेदकमा संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै उपधारा ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरिएको छ।
नियुक्ती लगत्तै प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं, असार ३१ : नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्ति र शपथ विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वाेच्च अलालतमा रिट दायर गरेका हुन्।

रिट निवेदकमा संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै धारा ७६(३) अनुसार नयाँ नियुक्ति गर्न माग गरिएको छ।

अधिवक्ता यज्ञमणि न्यौपानका अनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएकोे छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। 

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्